जनता टाइम्स

१७ फाल्गुन २०८२, आईतवार १५:३२

बिनोद ढकालको जीत अनिवार्य भन्दै उम्मेद्वारी हापेर एमाले प्रवेश गरे उज्यालो नेपाल पार्टीका उम्मेद्वार


विराटनगर, फागुन १७ । मोरङ जिल्ला क्षेत्र नम्बर ६ मा एमालेका युवा नेता जिताउन बिपक्षी दलका नेताहरू नै धमाधम खुल्न थालेका छन । यही क्रममा बिनोदको जीत अनिवार्य भन्दै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्त बुढाथोकी एमाले प्रवेश गर्नुभएको छ ।

एमाले उम्मेदवार विनोद ढकाललाई सहयोग गर्ने घोषणासहित उहाँ उम्मेद्वारी हापेर एमाले प्रवेश गर्नुभएको हो । मोरङको बुढीगंगा गाउँपालिकामा कार्यक्रममा पत्रकार सम्मेलन गरी बुढाथोकीले एमाले उम्मेद्वार बिनोद ढकालको जीत अनिवार्य रहेकोले आफूले हापेर सघाउने निर्णयसहित समर्थन गरेको जानकारी दिनुभयो ।

पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ क्षेत्र नम्बर ६ मा ढकाललाई मात्रै देखेको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर जिताउन लागेको बताउनु भयो । मोरङ क्षेत्र नम्बर ६ बाट पटक–पटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दै उहाँले अहिले सदनमा आवाज उठाउन सक्ने सशक्त व्यक्ति बिनोद ढकाल मात्रै भएको बताउनु भयो ।

मोरङ ६ ले बलियो आवाज प्रभावकारी प्रतिनिधित्व र स्थिर नेतृत्व खोजिरहेको उल्लेख गर्दै उनले मोरङ ६ को समग्र हित र स्थिरता र प्रभावकारी प्रतिनिधित्वको लागि ढकाललाई समर्थन गरेको घोषणा उहाँको छ । एमालेका युवा नेता बिनोद सो क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । जिल्ला र क्षेत्रमा जनताको पीडामा सधै भेटिने र बिकाशका लागि लागि पर्ने ब्यक्तिका रुपमा स्थापित नेता ढकाल बुढाथोकीको समर्थनपछि बिजय उन्मुख हुनुभएको छ ।