जनता टाइम्स

१७ फाल्गुन २०८२, आईतवार २१:०४

वीरगञ्जमा पूर्वगाविस अध्यक्ष, श्रम संस्कृति पार्टीका वीरगञ्ज महानगरपालिकाका नगर अध्यक्ष सहित विभिन्न दलका नेता एमालेमा प्रवेश


काठमाडौं, फागुन १८ । वीरगञ्ज महानगरपालिका वडा नं. २० का पूर्व गाविस अध्यक्ष हरिशंकरप्रसाद सिंहसहित विभिन्न दलका नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नु भएको छ ।

यसैगरी श्रम संस्कृति पार्टीका वीरगञ्ज महानगरपालिकाका नगर अध्यक्ष शोयब अख्तर पनि एमालेमा आबद्ध हुनु भएको छ । उहाँहरूलाई पर्सा क्षेत्र नं. १ का एमाले उम्मेदवार प्रदीप यादवले औपचारिक रूपमा पार्टीमा स्वागत गर्नु भएको हो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले उहाँहरूको आगमनसँगै संगठन अझ सशक्त, एकताबद्ध र गतिशील बन्ने विश्वास व्यक्त गर्नु भयो । वीरगञ्जको समृद्धि, सुशासन र दिगो विकासका लागि अब सबै शक्ति एकजुट भएर अघि बढ्नुपर्ने उहाँले उल्लेख गर्नु भयो ।

उहाँहरू लामो समयदेखि आ–आफ्नो क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको उल्लेख गर्दै यादवले उहाँहरूको राजनीतिक अनुभव र नेतृत्व क्षमताले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने आशा व्यक्त गर्नु भयो ।