रुपन्देही, फागुन १८ । चुनावको मिति नजिकिदै जाँदा बामपन्थी नेता–कार्यकर्ताहरू धमाधम नेकपा एमाले भित्रन थालेका छन । एमालेले मात्रै देश र बिकाशको सवालमा प्रष्ट भिजन अघि सारेको निश्कर्षसहित बामपन्थी नेतादेखि कार्यकर्तासम्म एमाले भित्रन थालेका हुन ।
यही क्रममा चुनावको मुखैमा बिकाशप्रेमी नेता बिष्णु पौडेललाई जिताउनै पर्ने निश्कर्षसहित प्रचण्ड नेतृत्वको नेकपामा केन्द्रीय सदस्य चिनबहादुर गुरूङसहित ६ सय ५० जना रहेका छन । गुरुङसँगै लोकराज शर्मा, चिरन्जीवी अधिकारी,इन्द्र राई, इश्वर गुरूङ, नरेन्द्र बस्नेतका छोरा सजित बस्नेतलगायत रहनुभएको छ । पौडेललाई जिताउनका लागि वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता तथा युवाहरूको ठूलो संख्या सामूहिक रूपमा समाहित भएको हो ।
रुपन्देही–२ का निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठको संयोजकत्व र सहसंयोजक राजु गुरूङको समन्वयमा आयोजित कार्यक्रममा ६५० जना युवासहित विभिन्न तहका नेता आज एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नवप्रवेशीहरूलाई स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।
सो क्रममा एमाले उपाध्यक्ष पौडेलले देशविरोधी र अस्थिरता फैलाउने शक्तिहरू सक्रिय भइरहेको सन्दर्भमा वामपन्थी मूलधारलाई अझ सशक्त बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रको स्वाधीनता, स्थिरता र विकासका लागि एमाले नै विश्वासिलो शक्ति भएको दावी गरे ।
‘बाम आन्दोलनलाई टुक्र्याउने र राष्ट्रलाई कमजोर पार्ने प्रयास भइरहेको छ । यस्तो बेला मूलधार सुदृढ बनाउनु समयको माग हो,’ पौडेलले भन्नुभयो । उहाँले पार्टीमा समाहित हुनेलाई उचित जिम्मेवारी दिइने जानकारी पनि दिनुभएको छ ।
एमालेमा समाहित हुनेहरूले विगतका राजनीतिक विद्रोह र विभाजनले अपेक्षित परिणाम नदिएको स्वीकार गर्दै अब संगठित वामपन्थी शक्तिको निर्माणमार्फत मुलुकको रक्षा र विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले हिजोका असन्तुष्टि र आन्दोलनले दीर्घकालीन उपलब्धि दिन नसकेको निष्कर्षसहित एमालेको मूलधारमा फर्किएको बताए ।















प्रतिक्रिया दिनुहोस्