जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार १८:०४

चिनियाँ अभिनेत्री सी छिङ किन पुगिन बर्दियाको भुरीगाउँ ?


बर्दिया, मंसिर २१ । नेपाल भ्रमण वर्ष २०२० को पर्यटन सद्भावना दूत एवं चिनियाँ अभिनेत्री सी छिङ बर्दिया पुग्नुभएको छ । ठाकुरबाबा नगरपालिकामा रहेको पर्यटकीय गन्तव्य भुरिगाउँमा सी छिङ पुग्नुभएको हो ।

भुरिगाउँमा सी छिङलाई भव्य स्वागत गरिएको थियो । चिनियाँ अभिनेत्री सी छिङलाई गत कार्तिक २ गते नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावनादूत नियुक्त गर्नुभएको हो । अभिनेत्री सी छिङले नेपाल चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी लागेको बताउँदै आउनुभएको छ ।

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गर्नुभएकी सी छिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गर्नुभएको छ ।