दाङ, फागुन २१ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दाङको विजौरी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
उहाँ बिहान निर्धारित समयमै मतदान केन्द्रमा पुग्नुभई आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो । सो केन्द्रबाट पहिलो मत खसाल्ने व्यक्ति समेत उहाँ नै हुनुहुन्छ ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन निर्वाचन महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा मतदान सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
देशैभर बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।













प्रतिक्रिया दिनुहोस्