जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार १५:१३

चितवनमा रास्वपालाई भोट माग्ने दुई मतदान कर्मचारी प्रहरी नियन्त्रणमा


काठमाडौं, फागुन २१ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पक्षमा मत मागेको आरोपमा दुई जना मतदान कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मतदान केन्द्रमा खटिएका ती कर्मचारीले रास्वपाको चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरेको आरोप लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

चितवन निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत माडी माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका एक कर्मचारीले रास्वपाका पक्षमा मत मागेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैगरी चितवन–२ अन्तर्गत भरतपुर महानगरपालिका–४ स्थित लंकु माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका अर्का एक कर्मचारीले पनि रास्वपाकै पक्षमा मत मागेको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएकाे छ ।

आरोपित कर्मचारीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी विषय भएकाले घटनाको विस्तृत छानबिन भइरहेको जनाएकाे छ ।