काठमाडौं, फागनु २१। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा बिहीबार स्थानीय मतदाताको एक मत पनि नखसी मतदान प्रक्रिया सकिएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि सञ्चालन गरिएको मतदानमा सो क्षेत्रका स्थानीयले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका कारण मतदान केन्द्रमा स्थानीयको सहभागिता शून्य रहेको हो। स्थानीयले मतदान बहिष्कार गरेपछि निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरिएको जनाइएको छ।
निर्वाचनमा खटिनुभएका चार जना कर्मचारीले मात्र मतदान गरेपछि मतपेटिका सिलबन्दी गरिएको हो। सो मतदान केन्द्रमा स्थानीय मतदाताको कुनै मत नखसेको अवस्थामा कर्मचारीहरू साँझ फर्किनुभएको थियो।
स्थानीयका अनुसार वडा नम्बर ७ हर्कपुरमा प्रदेशस्तरीय अस्पताल निर्माण गर्ने उद्देश्यले स्थानीय बासिन्दाले प्रदेश सरकारलाई १ सय ६५ रोपनीभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो। तर वर्षौँसम्म पनि अस्पताल निर्माणको प्रक्रिया अघि नबढेपछि आक्रोशित स्थानीयले यसपटकको प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय लिनुभएको जनाइएको छ।
सहिद स्मृति माध्यमिक विद्यालय सातसल्लेमा रहेको उक्त मतदान केन्द्रमा कुल ७ सय १ जना मतदाता भए पनि एक जनाले पनि मत नखसाली मतदान प्रक्रिया सकिएको हो।













प्रतिक्रिया दिनुहोस्