जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार ०७:०६

प्रारम्भिक नतिजामा कांग्रेसलाई ठूलै धक्का, रास्वपा अघि बढदा जितेको अधिकांश क्षेत्रमा पछि पर्यो


काठमाडौं, फागुन २२ । बिघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसलाई ठूलो धक्का लागेका छ । मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भइरहँदा कांग्रेसले यसअघि जितेको अधिकांश क्षेत्र गुमाउने देखिएको छ ।

अघिल्लो निर्वाचनमा काठमाडौं उपत्यकामा पहिलो बनेको कांग्रेस यसपटकको परिणाममा ललितपुर १ बाहेक सवै क्षेत्रमा पछि परेको छ । सभापति गगन थापा र उपसभापति बिश्वप्रकाश शर्मासहित सवै नेताहरुले बिशेष महाधिवेशन गरेर सुधारिएको कांग्रेसको नारा दिएपनि निर्वाचनमा त्यसलाई जनताले नपत्याएको देखिएको हो ।

यस्तै नेकपा एमाले पनि यसअघि निर्वाचित भएको ललितपुर २ र काठमाडौं ९ मा पछि परेको छ । प्रारम्भिक परिणामअनुसार उपत्यकामा रास्वपाले क्लिनस्वीप गर्ने अवस्था देखिएको छ ।