जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार १०:५७

रास्वपाको पहिलो जित : रञ्जु न्यौपाने १५ हजार ४ सय ५५ मतसहित विजयी


काठमाडौं, फागुन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा पहिलो जित हासिल गरेको छ। भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभएको छ। मतपरिणाम अनुसार न्यौपानेले थापामाथि उल्लेख्य मतान्तरसहित विजय हासिल गर्नुभएको हो।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी नेकपा एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत पाउनुभएको छ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार मेनुका भण्डारीले ३ सय ४५ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४ सय २६ मत पाउनुभएको छ।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै रास्वपाले यस निर्वाचनमा आफ्नो पहिलो जित दर्ता गराएको हो।