जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार १९:३२

काठमाडौं–८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित


काठमाडौं, फागुन २२। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ। उहाँ २४ हजार ५९२ मत प्राप्त गर्दै भारी मतान्तरसहित विजयी हुनुभएको हो।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गर्नुभएको छ। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याउनुभएको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नवीन शाहीले १ हजार ९०९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार राजेश शाक्यले १ हजार ३२८ मत ल्याउनुभएको छ।

यसअघि सम्पन्न भएको निर्वाचनमा पनि यस क्षेत्रबाट श्रेष्ठ नै विजयी हुनुभएको थियो। यसपटक पनि उहाँले मतदाताको विश्वास दोहोर्याउँदै पुनः विजय हासिल गर्नुभएको हो।