जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार १९:४१

रुकुम पूर्वबाट प्रचण्ड विजयी, १० हजार २४० मत प्राप्त


काठमाडौं, फागुन २२ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

अन्तिम मत परिणाम अनुसार संयोजक प्रचण्ड १० हजार २४० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्नुभएको छ।

मतपरिणामसँगै प्रचण्डले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्न सफल हुनुभएको हो।