जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार २०:१७

काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी


काठमाडौं, फागुन २२। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी हुनुभएको छ।

निर्वाचन अधिकृत चपला पोखरेलका अनुसार खनालले २७ हजार ७१९ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। सो निर्वाचन क्षेत्रमा कुल ३४ हजार ४७३ मत खसेको थियो।

खनालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो।

निर्वाचित खनाल यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका साथै काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएको थियो ।