मनाङ, फागुन २२। मनाङमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी हुनुभएको छ।
उहाँले २ हजार ४१५ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका प्रतिस्पर्धी नेकपाकी उम्मेदवार यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस परिणामसँगै नेपाली कांग्रेसले हालसम्म २ सीटमा विजय हासिल गरेको छ। यसअघि मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली पनि विजयी हुनुभएको थियो।












प्रतिक्रिया दिनुहोस्