जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार २१:३१

काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ पराजित


काठमाडौं, फागुन २२। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजुनाथ पाण्डे विजयी हुनुभएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।

उहाँका निकटतम प्रतिस्पर्धी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ। यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतान्तरले पराजित गर्नुभएको हो।

काठमाडौं–३ को निर्वाचन परिणामसँगै यस क्षेत्रमा रास्वपाले प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेको छ।