जनता टाइम्स

२२ फाल्गुन २०८२, शुक्रबार २१:३९

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी, तेस्रो पटक प्रतिनिधिसभामा


रसुवा, फागुन २२। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी हुनुभएको छ।

उहाँले १० हजार ६ सय ५६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। मतगणनाको सुरुआतदेखि नै अग्रता कायम राख्दै आचार्य विजयी हुनुभएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

यो उहाँको तेस्रो जित हो। उहाँ यसअघि पनि रसुवा जिल्लाबाट २०७४ र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गर्नुभएको छ।

हिजो सम्पन्न मतदानमा रसुवामा ६०.६१ प्रतिशत मत खसेको थियो। जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार कुल २५ हजार १ सय ३६ मत खसेको हो।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा कुल ४१ हजार ४ सय ७१ मतदाता रहेका छन्।