काठमाडौं, फागुन २३। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजय हासिल गरेको छ ।
आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ-६ मा रुविना आचार्य, धनुषा-३ मा मनिषा झा, काठमाडौं-१ मा रञ्जु न्यौपाने, काठमाडौं-३ मा राजुनाथ पाण्डे, काठमाडौं-४ मा पुकार बम, काठमाडौं-५ मा सस्मित पोखरेल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं-९ मा डोलप्रसाद अर्याल, काठमाडौं-१० मा प्रदीप विष्ट, कास्की-२ मा उत्तमप्रसाद पौडेल, कास्की-३ मा बिना गुरुङ, रुपन्देही-४ बाट कन्हैया बानियाँ र बाँके -१ मा सुरेशकुमार चौरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १ सय २ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहेका छन् ।
आयोगका अनुसार हालसम्म २० स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेसले ३ क्षेत्रमा जित निकालेको छ ।
मनाङ-१ मा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ-१ मा योगेश गौचन थकाली र दैलेख -१ मा बासना थापा विजयी हुनुभएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि छन् ।
नेपाली कम्युनिष्ट पार्टीका रुकुम पूर्व -१ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी हुनु भएकाे छ । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी हुनु भएकाे छ । एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अगाडि छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार १र स्वतन्त्र उम्मेदवार १स्थानमा अगाडि छन् ।
प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्