काठमाडौं, फागुन २३ । मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५५ हजार ५१३ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेकपा एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गर्नुभएको छ ।
यसै गरी, श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ३ हजार ४ सय मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्