काठमाडौं, फागुन २३ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १७ स्थानमा जित हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार शनिबार बिहान पौने ७ बजेसम्मको परिणामअनुसार रास्वपाले १७ निर्वाचन क्षेत्रमा जित निकालेको हो । सोही अवधिसम्म रास्वपाका उम्मेदवारहरू करिब १०० निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।
यता नेपाली कांग्रेसले हालसम्म ४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने थप ९ क्षेत्रमा अग्रता कायम गरेको आयोगले जनाएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरू समान १–१ क्षेत्रमा निर्वाचित भएका छन् । जारी मतगणनामा एमालेका उम्मेदवार १२ क्षेत्रमा अग्रस्थानमा रहँदा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ११ क्षेत्रमा अगाडि रहेका छन् ।
देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत कुल १६५ निर्वाचन क्षेत्रमध्ये धेरैजसो क्षेत्रमा मतगणना भइरहेको छ ।
हालसम्म सार्वजनिक भएको परिणामले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले उल्लेख्य अग्रता लिएको देखिएको छ । उसले सहजै बहुमत पुर्याउने देखिएकाे छ ।














प्रतिक्रिया दिनुहोस्