जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार ०८:११

चितवन–२ बाट रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी


चितवन, फागुन २३ । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत केदारप्रसाद पौडेलका अनुसार लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गर्नुभएको छ । अघिल्लो निर्वाचनमा उहाँले ५४ हजार २ सय ७६ मत प्राप्त गर्नुभएको थियो ।

उहाँले नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कुल ८७ हजार २ सय २१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।