काठमाडौं, फागुन २३ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ ले ७ हजार ९१९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ले ६ हजार ८८४ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका अर्जुन थापा ले ३ हजार ५२९ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेका थिए । तीमध्ये ४६ हजार २१५ मत खसेको थियो ।













प्रतिक्रिया दिनुहोस्