जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार ०८:५६

एमालेले खोल्यो खाता, बाँके २ मा मोहम्मद इश्तियाक राई विजयी


काठमाडौं, फागुन २३ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । एमालेका बाँके–२ मा उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी हुनुभएको छ ।

राई २४ हजार ६२६ मतसहित विजयी हुनुभएको हो । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५८१ र नेपाली कांग्रेसका सुधान्स कोइरालाले १७ हजार ५९० मत पाउनु भएको छ ।