भक्तपुर, फागुन २३। भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी हुनुभएको छ । रञ्जितले ३३ हजार ४३६ मत ल्याएर बिजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धा मेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याउनुभएको छ । त्यस्तै, यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत ल्याउँदा नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भरत बहादुर खड्काले २ हजार ४७२ मत ल्याउनुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका हरिराम लवजूले एक हजार १७७ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्