काठमाडौं, फागुन २३ । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएको छ ।
सुब्बाले नेकपा एमालेका सचिव भानुभक्त ढकाललाई ८ सय ८० मतान्तरले पराजीत गर्दै जीत निकाल्नुभएको हो । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाउनुभयो । एमाले सचिव ढकालको यो दोस्रोपटकको हार हो । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ३ मा पराजीत हुनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाउनुभयो भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २ सय मत पाउनुभएको छ । यस्तै नेकपाका रनध्वज लिम्बुको पक्षमा ९१९ मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्