इलाम, फागुन २३ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ अग्रस्थानमा रहनुभएको छ ।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार नेम्बाङले ८ हजार ६७१ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ६ हजार ८५१ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ४ हजार ७५८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुल राईले २ हजार २६८ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका ओम गुरुङले ६४९ मत प्राप्त गर्नुभएको छ ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्