जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार ०९:५७

सुदूरपश्चिममा एमालेले खोल्यो खाता, बझाङबाट ऐन महर निर्वाचित


बझाङ, फागुन २३ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित हुनुभएको छ । महरको जीतसँगै एमालेले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ।

एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहनुभएका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेही ले १६ हजार ३०४ मत प्राप्त गर्नुभएको छ ।

महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गर्नुभएको हो । यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो र रास्वपा चौथो स्थानमा रहेका छन्। नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गर्दा रास्वपाका शैलेश कुमार सिंह ले ९ हजार २६३ मत प्राप्त गर्नुभएको छ ।