बारा, फागुन २३ । बारा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरबिन्द साह निर्वाचित हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार ४० हजार ६९७ मत ल्याएर साह विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याउनुभएको छ ।
यसैगरी जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले ६ हजार ८८४, नेपाली नेकपा एमालेकी ज्वाला कुमारी साहले ५ हजार २७१ र जनमत पार्टीका प्रमोद प्रसाद गुप्ताले ३ हजार ८१९ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा एमालेकी ज्वाला निर्वाचित हुनुभएको थियो । यसपटक भने चौथोतिर धकेलिनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्