जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार १५:२०

एमालेले जोगाउन सकेन जीत निश्चित भनिएको गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र, रास्वपाका बदन भण्डारी तेब्बर बढी मतले विजयी


काभ्रे, फागुन २३ । काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी हुनुभएको छ । भण्डारी ५३ हजार ३४४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याउदा नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत मात्र प्राप्त गरी तेस्रो हुनुभएको छ । यस्तै नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गर्नुभएको छ ।

यसअघिको निर्वाचनमा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले भारी मतले जितेको क्षेत्र हो । काभ्रे २ मा यसपटक रास्वपाका भण्डारी पनि भारी मतले बिजयी हुनुभएको हो ।