जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार १७:३९

लमजुङमा रास्वपाका धर्मराज केसी भारी मतान्तरले विजयी,  एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पराजित


काठमाडौं, फागुन २३ । लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धर्मराज केसी भारी मतान्तरसहित विजयी हुनुभएको छ।

निर्वाचन परिणामअनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तथा पार्टी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत प्राप्त गर्नुभएको छ। यससँगै गुरुङ केसीसँग ठूलो मतान्तरले पराजित हुनुभएको छ।

त्यस्तै, सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नुभएको छ।

यसैगरी नेकपाका उम्मेदवार हरिजंग तामाङले ३ हजार ३७१ मत प्राप्त गर्नुभएको निर्वाचन परिणाममा उल्लेख छ।

लमजुङमा रास्वपाका उम्मेदवार केसीले प्रमुख प्रतिस्पर्धीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै जीत हासिल गर्नुभएको हो।