जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार १८:०५

अछाम-१ बाट नेपाली कांग्रेसका भरतबहादुर स्वार निर्वाचित, नेकपाका भीम रावल पराजित 


 काठमाडौं, फागुन २३ । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका  भरतबहादुर स्वाँर निर्वाचित हुनुभएको छ ।

उहाँले नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावललाई पराजित गर्नु भएको हो । निर्वाचन परिणामअनुसार कांग्रेसका स्वाँरले १० हजार ७५९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

रावलले १० हजार २३३ मत प्राप्त गर्नु भएको छ ।  उहाँ स्वाँरसँग ५२६ मतान्तरले पराजित हुनुभएको हो ।

यसै गरी नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउदले ७ हजार ३८९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७३९ मत पाउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहले १०२ मत प्राप्त गर्नु भएको छ ।