काठमाडौं, फागुन २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह बालेनलाई निर्वाचन विजयका लागि बधाई दिनुभएको छ।शनिबार झापा–५ बाट बालेन साह निर्वाचित भएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत पुरानो तस्बिर साझा गर्दै उहाँलाई बधाई दिनुभएको हो।

अध्यक्ष ओलीले बालेनको आगामी पाँच वर्षे कार्यकाल सफल रहोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “बालेन बाबु, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न र सफल रहोस्, हार्दिक शुभकामना।”
निर्वाचन परिणामअनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । एमाले अध्यक्ष ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएको निर्वाचन परिणाममा उल्लेख छ।












प्रतिक्रिया दिनुहोस्