काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हालसम्म १२५ निर्वाचन क्षेत्रको मतगणना परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ७ स्थानमा विजय हासिल गरेको छ।

कुल १६५ निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाको खुला तर्फको मतगणना जारी रहँदा एमालेका उम्मेदवारहरू विभिन्न प्रदेशबाट विजयी भएका छन्।
सार्वजनिक परिणामअनुसार कोशी प्रदेशबाट तीन जना एमाले उम्मेदवार निर्वाचित हुनुभएको छ। ताप्लेजुङबाट क्षितिज थेबे, इलाम–२ बाट सुहाङ नेम्वाङ र धनकुटाबाट राजेन्द्रकुमार राई विजयी हुनुभएको हो।
त्यस्तै लुम्बिनी प्रदेशअन्तर्गत बाँके–२ बाट मो. इश्तियाक राई निर्वाचित हुनुभएको छ। कर्णाली प्रदेशको दैलेखबाट लक्ष्मीप्रसाद पोखरेल विजयी हुनुभएको छ।
सुदूरपश्चिम प्रदेशबाट भने दुई जना एमाले उम्मेदवारले जित हासिल गर्नुभएको छ। बझाङबाट ऐनबहादुर मगर र दार्चुलाबाट गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
बाँकी क्षेत्रहरूको मतगणना भने जारी रहेको निर्वाचन अधिकृतहरूको कार्यालयले जनाएका छन्। निर्वाचन परिणाम सार्वजनिक हुने क्रम जारी रहेकाले थप परिणाम आउने क्रम जारी छ ।












प्रतिक्रिया दिनुहोस्