काठमाडौं, फागुन २४। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १२५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६ जना उम्मेदवार निर्वाचित हुनुभएको छ।
सार्वजनिक परिणामअनुसार विभिन्न जिल्लाबाट नेकपाका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो। निर्वाचित उम्मेदवारहरूको विवरण यसप्रकार छः
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ – रुकुमपूर्व
२. वर्षमान पुन – रोल्पा
३. धनबहादुर बुढा – डोल्पा
४. गोपाल शर्मा – रुकुम पश्चिम
५. रमेश मल्ल – सल्यान
६. महेन्द्रबहादुर शाही – कालीकोट
यसैबीच, मतगणना जारी रहेका क्षेत्रमध्ये सिन्धुपाल्चोक–२ मा नेकपाका उम्मेदवार युवराज दुलाल अग्रस्थानमा रहनुभएको जनाइएको छ। निर्वाचन आयोगका अनुसार बाँकी क्षेत्रको मतगणना जारी रहेकाले थप परिणाम सार्वजनिक हुँदै जानेछ।













प्रतिक्रिया दिनुहोस्