काठमाडौं, फागुन २४। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले विजयी हुनुभएको छ।
अन्तिम मतपरिणामअनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पोखरेलले अत्यन्त झिनो मतान्तरले जित हासिल गरेपछि ओखलढुंगा निर्वाचन क्षेत्रको परिणामलाई निकै रोचक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहनुभएका पोखरेलले यस निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिँदै प्रतिनिधिसभामा स्थान बनाउन सफल हुनुभएको हो। ५ मतको अन्तरले आएको यस परिणामले निर्वाचन क्षेत्रको प्रतिस्पर्धा अन्तिम क्षणसम्म निकै कडा र राेमाञ्चक रहेकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्