काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक बहुमतसहित अग्रता बनाएको छ।
प्राप्त विवरणअनुसार रास्वपा ११७ सिटमा विजयी भएको छ भने थप ८ सिटमा अग्रता लिइरहेको छ।
त्यसैगरी नेपाली कांग्रेस ले १७ सिटमा विजय हासिल गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १० सिट जित्दा थप ३ सिटमा अग्रता बनाएको छ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले ६ सिटमा जित हासिल गरेको छ भने २ सिटमा अग्रता कायम गरेको छ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले २ स्थानमा विजय हासिल गरेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ भने १ स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।
बाँकी निर्वाचन क्षेत्रको मतगणना जारी रहेको र अन्तिम परिणाम आउने क्रम पनि जारी रहेकाे निर्वाचन आयोगले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्