काठमाडौं, फागुन २४ । गत साल भदौ २३ र २४ गते घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ।
उक्त प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आयोगका पदाधिकारी तथा कर्मचारीले मेहनतपूर्वक काम सम्पन्न गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ प्रतिवेदन प्राप्त भएको उल्लेख गर्दै आयोगका सबै सदस्य तथा कर्मचारीले इमान्दारीपूर्वक कार्य सम्पन्न गरेको बताउनुभयो।
उहाँले सरकार कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने विषयमा स्पष्ट र दृढ रहेको पनि बताउनुभयो। साथै, घटनासम्बन्धी प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने बताउनुभयो। ‘२०८२ भदौ २३ र २४ गतेका घटनाहरूको जाँचबुझ प्रतिवेदन प्राप्त भएको छ, मेहनतपूर्वक यस कार्यमा खटिने आयोगका पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद, कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट र दृढ छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ ।
आयाेगका संयाेजक गाैरीबहादुर कार्कीले गोली हान्ने, हान्न लगाउने र नरोक्ने सबैलाई कारबाहीको लागि सिफारिस गरेकाे बताउनुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्