काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरको मतगणनाको पछिल्लो अद्यावधिक परिणाम सार्वजनिक भएको छ। हालसम्म प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट वर्चस्व कायम गरेको छ।
रास्वपाले हालसम्म ११८ सिटमा विजय हासिल गरेको छ भने थप ७ सिटमा अग्रता कायम गरेको छ।
त्यसैगरी नेपाली कांग्रेस ले १७ सिट जितेको छ भने अन्य कुनै क्षेत्रमा अग्रता लिएको छैन।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ७ सिटमा विजय हासिल गरेको छ भने ३ सिटमा अग्रता लिइरहेको छ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले ७ सिटमा जित हात पारेको छ भने १ सिटमा अग्रता कायम गरेको छ।
श्रम संस्कृति पार्टी ले ३ सिट जितेको छ भने अन्य क्षेत्रमा अग्रता लिएको छैन।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ। १ स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।
देशका विभिन्न १० निर्वाचन क्षेत्रकाे परिणाम आउन बाँकि छ ।













प्रतिक्रिया दिनुहोस्