जनता टाइम्स

२४ फाल्गुन २०८२, आईतवार २०:५२

अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटी विजयी


काठमाडौं, फागुन २४ । अछाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी हुनुभएको छ।

उहाँले नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।

निर्वाचन परिणामअनुसार बोगटीले २१ हजार ९६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी शाहले १९ हजार १०६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अछाम–२ मा भएको मतगणनामा बोगटी सुरुदेखि नै अग्रस्थानमा रहँदै अन्ततः विजयी हुनुभएको हो। उहाँको जितसँगै उक्त क्षेत्रमा नेकपा एमालेले प्रतिनिधि सभामा आफ्नो उपस्थिति कायम राख्न सफल भएको छ।