काठमाडौं, फागुन २४ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ देशभर जारी मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म अधिकांश निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ भने केही स्थानमा मात्र मतगणना जारी रहेको छ।
निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये अब ६ निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहेको छ। प्राप्त विवरणअनुसार हालसम्म १५९ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ।
सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट वर्चस्व कायम गरेको छ। रास्वपाले हालसम्म १२२ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने थप ४ निर्वाचन क्षेत्रमा अग्रता कायम गरिरहेको छ।
त्यसैगरी नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ८ निर्वाचन क्षेत्रमा जीत हात पारेको छ भने थप २ क्षेत्रमा अग्रता लिइरहेको छ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।
श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा जीत निकालेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।
यसका साथै १ स्वतन्त्र उम्मेदवार पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
अब बाँकी रहेका ६ निर्वाचन क्षेत्रको मतगणना सकिएपछि प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्