धनकुटा, फागुन २५ । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणनामा धनकुटा जिल्लाबाट नेकपा (एमाले) पहिलो दल बनेको छ ।
निर्वाचन आयोगका अनुसार एमालेले १६ हजार ५ सय ३७ मत प्राप्त गर्दै जिल्लामा पहिलो स्थान हासिल गरेको हो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १४ हजार ७ सय ७९ मतसहित दोस्रो स्थानमा रहेको छ ।
यसै गरी श्रम संस्कृति पार्टीले १३ हजार ९ सय ६० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ भने नेपाली कांग्रेस ८ हजार ६ सय ५१ मतसहित चौथो स्थानमा रहेको छ ।
निर्वाचन आयोगका अनुसार जिल्लाभरको मतगणना सकिएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्