हेटौँडा, फागुन २५ । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा एमबिबिएस अध्ययन कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ ।
प्रतिष्ठानमा आजबाट ५० जना एमबिबिएस चिकित्सक जनशक्तिको अध्यापन कार्य प्रारम्भ भएको हो । कार्यक्रमको उद्घाटन आज वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले विशेष समारोह बिच दीप प्रज्वलन गरी गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापा मगरले प्रतिष्ठानबाट दक्ष चिकित्सक उत्पादन भई देशको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशस्तरमै गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यसको लागि अध्यापन सुरु भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिष्ठानले एमबिबिएस अध्ययन सुरु गरेसँगै वाग्मती प्रदेशमा स्वास्थ्य शिक्षाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्