काठमाडौं, फागुन २७। सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शङ्कास्पद वस्तु प्रेसर कुकर बम रहेको प्रारम्भिक पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेशबहादुर पालका अनुसार उक्त वस्तु प्रेसर कुकर बम रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। जिल्ला अदालत अगाडि भएको विस्फोटमा परी २८ वर्षीय सौरभ यादव घाइते हुनुभएको छ ।
घाइते यादवको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बम किन र कसले राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्