काठमाडौं, फागुन २८। नेकपा (एमाले)की नेतृ विद्या भट्टराईले कम्युनिष्ट आन्दोलन मूलतः परिवर्तनको पक्षधर हुने मान्यता दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुने बताउनुभएको छ।
उहाँले सामान्य रूपमा कम्युनिष्ट आन्दोलन यही आधारमा अघि बढ्नुपर्ने सोच व्यापक रूपमा रहेको उल्लेख गर्दै व्यवहारमा भने कम्युनिष्ट पार्टीहरू त्यस अनुरूप सञ्चालन हुन नसक्नुका कारण अहिलेका परिणामहरू देखिएको धारणा व्यक्त गर्नुभएको छ।भट्टराईले पार्टीभित्र र वामआन्दोलनमा रचनात्मक संवादको आवश्यकता औँल्याउँदै विगतका कार्यशैली र व्यवहारगत त्रुटिहरूको वस्तुगत समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले आत्मसमिक्षा र खुला संवादमार्फत विगतका कमजोरी सुधार्दै आगामी दिनमा सकारात्मक र सुखद राजनीतिक यात्राको आधार निर्माण गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ। ‘कम्युनिष्ट परिवर्तनको पक्षधर हो भन्ने मान्यता र पक्षधरता सदा दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुन्छ भन्ने सोच आम रूपमा रहेपनी यो सोच अनुसार कम्युनिष्ट पार्टीहरू सञ्चालन हुन नसक्नुका कारण आजको परिणाम आएको हो, रचनात्मक संवाद गरौँ र विगतका कार्यशैली र व्यवहारगत त्रुटिको बस्तुगत समिक्षा गरौँ र आगामी दिनको सुखद यात्रा तय गरौँ’, उहाँको धारणा छ ।













प्रतिक्रिया दिनुहोस्