धनुषा, फागुन २८। निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपाका उम्मेदवार मातृका यादव निर्वाचित भएको घोषणा गरेको छ।
आयोगले आफ्नो वेबसाइटमा अद्यावधिक गरेको विवरणअनुसार यादवले १० हजार ४३० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सामपलटन साहले ९ हजार ५०२ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का रामचन्द्र मण्डलले ९ हजार ३१५ मत प्राप्त गर्नुभएको छ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको कारण उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय भएपछि आयोगले मत परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको थियो। साहको मत संख्या बढी आएपछि आयोगले नतिजा घोषणा रोकेको थियो।
पछि दोस्रो मत प्राप्त गर्नुभएका मातृका यादवलाई विजेता घोषणा गर्दै आयोगले उहाँलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको जनाएको छ।
यता आयोगको उक्त निर्णय पुनरावलोकनको माग गर्दै किशोरी साह सर्वोच्च अदालत पुग्नुभएको छ। उहाँको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।













प्रतिक्रिया दिनुहोस्