पोखरा, फायुन २८ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्ण थापाको निधन भएको छ । चुनावी समीक्षा बैठकमा रहेको बेला ढल्नुभएको एमाले नेता थापालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा अस्पतालले मृत्यू भएको जानकारी पार्टी र परिवारलाई दिएको हो ।
उहाँलाई हृदयघात भएको अस्पतालले बताएको छ । मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको केही समयमा नै थापाको निधन भएको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो ।
कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो । सो बैठकमा सहभागी थापा बैठकमै ढल्नुभएको हो । त्यसलगत्तै थापालाई अस्पताल लगिएको थियो । । २०५४ सालमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो भने २०७९ मा पोखरा महानगरको मेयर पदको निर्वाचनमा पराजित हुनुभएको थियो ।
यसपटकको चुनावमा पनि थापाले नै टिकट प्राप्त गरेकोमा पार्टीले संशोधन भन्दै रश्मी आचार्यलाई दिएको थियो । थापाको स्थानमा रश्मीलाई दिइएको भएपनि एमालेले नतिजामा बिजय प्राप्त गर्न सकेन । कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष थापा जेनजी आन्दोलनपछि गत मंसीरमा भएको एमालेको ञ्ञ्औं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली समुहको सूचीमा परेर केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्