जनता टाइम्स

२९ फाल्गुन २०८२, शुक्रबार ११:३४

केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति देउवाद्वारा दुःख व्यक्त


काठमाडौं, फागुन २९। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका देउवाले एक शोक सन्देश जारी गर्दै मोहनप्रसाद ओलीको निधनको खबरले आफू दुःखी भएको बताउनुभएको छ । ‘ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खबरले दुखी भएको छु, बुबाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमा देउवाले लेख्नु भएको छ ।

ओलीका पिता माेहनप्रसादकाे आज भक्तपुरमा निधन भएको हो । उहाँको आजै अन्तिम संस्कार गरिँदै छ ।