काठमाडौं, फागुन २९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ।
उहाँको आज पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। आर्यघाटमा अध्यक्ष ओलीले आफ्ना पिताको पार्थिव शरीरमा दागबत्ती दिनुभएको हो।

अन्त्येष्टिमा विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

मोहनप्रसाद ओलीको आज बिहान भक्तपुरस्थित नेपाल-कोरियन मैत्री अस्पतालमा ९७ वर्षको उमेरमा निधन भएको थियो। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वहरूले शोक व्यक्त गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्