जनता टाइम्स

२९ फाल्गुन २०८२, शुक्रबार १६:११

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)


काठमाडौं, फागुन २९ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दिवङ्गत ओलीप्रति श्रद्धाञ्जली दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।