जनता टाइम्स

२९ फाल्गुन २०८२, शुक्रबार १७:११

एमाले अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति नेपाली कांग्रेसद्वारा श्रद्धाञ्जली र समवेदना व्यक्त


काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसले मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकाे छ।

थापाले आज एक शोक सन्देश जारी गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा भएको निधनको खबरले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्नुभएको छ।

उहाँले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै, शोकमा रहनुभएका अध्यक्ष ओलीलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

मोहनप्रसाद ओलीको आज बिहान निधन भएको हो। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वहरूले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिरहेका छन्।