काठमाडौँ, फागुन ३० । नेपाल ओलम्पिक कमिटीले आज एसियन गेम्स फन रन गर्दैछ । ओलम्पिक कमिटीका अनुसार जापानमा हुने एसियाली खेलकुद (एसियाड) को प्रचारप्रसार र खेल भावना प्रवर्धन गर्ने उद्देश्यले एसियन गेम्स फन रन आयोजना गरिएको हो ।
ललितपुरको सातदोबाटोमा रहेको ओलम्पिक कमिटीको कार्यालयबाट बिहान साढे ७ बजे शुरु हुने एसियन गेम्स फन रन ललितपुरका विभिन्न ठाउँ हुँदै पाटन डबलीमा पुगेर समापन हुनेछ ।एसियाली खेलकुद आउँदो सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा हुँदैछ । २० औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीमार्फत् ३२ खेल दर्ता भइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्