जनता टाइम्स

१ चैत्र २०८२, आईतवार १६:१८

राप्रपाले समानुपातिकतर्फ चार सांसदको नाम टुंगो लगायो


काठमाडौं, चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ चार जना सांसदको नाम टुंगो लगाएको छ ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रणालीअन्तर्गत चार जनाको नामावली अन्तिम रूपमा तय गरेको हो ।

बैठकको निर्णयअनुसार खसआर्य पुरुष क्लस्टरबाट भरत गिरी, मुस्लिम पुरुष क्लस्टरबाट ताहिर अली, खसआर्य महिला क्लस्टरबाट खुस्बु ओली तथा आदिवासी जनजाति महिला क्लस्टरबाट सरस्वती लामा चयन हुनुभएको छ ।

पार्टीले समानुपातिक प्रणालीअन्तर्गत प्राप्त सिटअनुसार उक्त नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको जनाएको छ ।